

भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
भोजपुर । प्रतिनिधिसभा सांसद ध्रुवराज राई विरुद्ध करिब ६ सय वटा बाँदर मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी परेको छ ।
ललितपुरस्थित ‘स्नेहाज केयर’का रूपक कोइरालाले सांसद राईले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष रहेका बेला बाँदर मारेको भनी सार्वजनिक रूपमा स्वीकार गरेको भिडियो प्रमाणलाई आधार बनाएर कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।
उजुरीमा वन्यजन्तु मर्ने वा घाइते बनाउने कार्य वन्यजन्तु संरक्षणसम्बन्धी कानुनविपरीत हुने उल्लेख गरिएको छ । सो कानुनअनुसार त्यस्तो कार्यमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको पनि जाहेरीमा उल्लेख छ ।
प्रहरीले उजुरी दर्ता भइसकेको जनाउँदै प्रारम्भिक चरणको अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहने बताइएको छ ।
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
६ घण्टा अगाडि
1.8kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



