राजदूत बन्न एसएमएस काण्डपछि सचिव जगेडामा, प्रधानमन्त्री बालेनको व्यङ्ग्यले थप चर्कियो विवाद

काठमाडौँ । राजदूत नियुक्ति सम्बन्धी प्रक्रियामा पदीय मर्यादा उल्लङ्घन भएको भन्दै उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाइ जगेडामा राखिएको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले “मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न” भन्दै व्यङ्ग्य गरेका हुन्। उनले उच्चपदस्थ कर्मचारीहरूले व्यक्तिगत स्वार्थका लागि पदको मर्यादा बिर्सिएर अनुचित बाटो रोज्ने प्रवृत्तिप्रति कटाक्ष गरेको बताइएको छ।

घटना गत बिहीबारबाट सुरु भएको हो। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जानुअघि राजदूत बन्ने चाहना व्यक्त गर्दै प्रधानमन्त्री शाहलाई सिधै एसएमएस पठाएका थिए। उनले म्यासेजमा आफ्नो अवकाश र राजदूत नियुक्तिका लागि सहयोग गरिदिन आग्रह गर्दै मार्गदर्शन समेत मागेका थिए।

चेन अफ कमान्ड मिचेर सिधै प्रधानमन्त्रीलाई एसएमएस पठाइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले यसलाई अनुचित व्यवहार ठहर गर्दै आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको थियो। त्यसपछि उनलाई जिम्मेवारीबाट हटाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको हो।

सरकारी उच्च तहमा भएको यस घटनाले प्रशासनिक मर्यादा र नियुक्ति प्रक्रियाबारे पुनः बहस सुरु गरेको छ।

Facebook Comments Box
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१६ घण्टा अगाडि

2.0kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…

TOP
162 Shares