

मिन्डानाओमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, फिलिपिन्ससहित जापान र इन्डोनेसियामा सुनामी चेतावनी
मनिला । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ केन्द्रविन्दु भएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानका विभिन्न तटीय क्षेत्रमा सुनामीको जोखिम औँल्याउँदै सम्बन्धित निकायहरूले सतर्कता तथा पूर्वचेतावनी जारी गरेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान ७ः४० बज्नुअघि मिन्डानाओको तटीय क्षेत्रमा भूकम्प गएको हो। यसको धक्का छिमेकी मुलुकका केही तटीय क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ।
शक्तिशाली भूकम्पपछि समुद्रमा असामान्य छाल उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित देशका अधिकारीहरूले तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी निकायहरूले समुद्री किनार, बन्दरगाह तथा तल्लो तटीय क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा एक मिटरसम्म अग्ला छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तत्काल उचाइ भएका स्थान वा भित्री भूभागतर्फ सर्न अनुरोध गरेको छ।
यस्तै, इन्डोनेसियाले आफ्नो उत्तर–पूर्वी तटीय क्षेत्रमा र जापानले प्रशान्त महासागरतर्फका विभिन्न भूभागमा सुनामीसम्बन्धी एडभाइजरी जारी गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
हालसम्म भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्।
समाज
थप सामाग्री-
विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप
-
भूमाफिया र जनप्रतिनिधि–कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?
-
एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
-
मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
-
३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१२ घण्टा अगाडि
1.7kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…



