आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन

आजको राशिफल

मेष – दिन शुभ रहनेछ। धन लाभको योग छ। कम बोलेर काममा केन्द्रित हुँदा सफलता मिल्नेछ। स्वास्थ्य उपचार गराइरहनुभएको छ भने सुधारको संकेत देखिन्छ। निजी क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ।

वृष – दिन सकारात्मक रहनेछ। शिक्षा तथा ज्ञानको क्षेत्रमा उपलब्धि हासिल हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। विरोधी पक्षले समेत तपाईंको क्षमताको प्रशंसा गर्नेछन्। खानपानमा लापरबाही गर्दा पुराना स्वास्थ्य समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउनु उचित हुनेछ।

मिथुन – परिवारको साथ र सहयोगले दिन सुखद बन्नेछ। रोकिएका काम पूरा हुनेछन्। शिक्षामा प्रगति हुनेछ। अप्ठ्यारो अवस्थामा साथीभाइको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ भने प्रेम सम्बन्ध थप सुमधुर बन्ने संकेत छ।

कर्कट – दिन सहज र उत्साहजनक रहनेछ। बोलीको प्रभाव बढ्ने भएकाले आफ्नो विचार प्रस्तुत गर्न अनुकूल समय छ। व्यापार र लगानीका क्षेत्रमा राम्रो अवसर मिल्नेछ। परिवार तथा साथीभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन्।

सिंह – दिन सामान्य रहनेछ। अरूका गल्तीको जिम्मेवारी आफूमाथि आउन सक्ने भएकाले सचेत रहनु आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो हुनेछ। वैदेशिक लगानी वा अवसरप्रति आकर्षण बढ्न सक्छ। शिक्षाको क्षेत्रमा प्रगतिको संकेत छ।

कन्या – कृषि, फलफूल तथा यससँग सम्बन्धित व्यवसायबाट लाभ मिल्ने सम्भावना छ। बोल्नु अघि सोच्ने बानीले फाइदा पुर्‍याउनेछ। औषधि वा उपचारमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सहयोगले काम सहज बन्नेछ।

तुला – दिन मध्यम रहनेछ। योजना सफल बनाउन अतिरिक्त मेहनत आवश्यक पर्नेछ। अनावश्यक वा अनुत्पादक क्षेत्रमा लगानी गर्दा तनाव बढ्न सक्छ। विरोधी पक्ष कमजोर रहने भएकाले महत्वपूर्ण काम अघि बढाउन सकिनेछ। शिक्षामा थप ध्यान दिनुपर्ने देखिन्छ।

वृश्चिक – वरिपरिका व्यक्तिप्रति सजग रहनुपर्ने दिन छ। दाजुभाइ तथा आफन्तको सहयोगबाट महत्वपूर्ण काम सम्पन्न हुनेछ। राजनीति तथा नेतृत्वसँग सम्बन्धित क्षेत्रमा अवसर प्राप्त हुन सक्छ। धार्मिक कार्यबाट दिनको सुरुवात गरे सकारात्मक परिणाम मिल्ने सम्भावना छ।

धनु – दिन सामान्य रहनेछ। सम्पत्ति वा लाभको खोजीमा हतार गर्दा प्रतिष्ठामा असर पर्न सक्छ। आफ्नै साथीभाइबाट आलोचना वा टिप्पणी आउने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। हरेक काममा अपेक्षाभन्दा बढी मेहनत आवश्यक पर्नेछ।

मकर – मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन छ। रोकिएको वा डुब्न लागेको धन फिर्ता पाउने सम्भावना छ। परिवारमा सम्मान र प्रशंसा बढ्नेछ। धार्मिक यात्रा वा आध्यात्मिक गतिविधिले मनलाई शान्ति दिनेछ। कम बोलेर काम गर्दा ठूलो सफलता मिल्न सक्छ।

कुम्भ – दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। प्राविधिक शिक्षा वा सीप विकासमा गरिएको लगानी लाभदायी बन्नेछ। खानपानमा असावधानी गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ।

मीन – दिन राम्रो रहनेछ। कामकाजमा सावधानी अपनाउँदा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्ने संकेत छ। आफ्नै उपलब्धिले उत्साह र आत्मविश्वास बढाउनेछ। शिक्षामा थप परिश्रम आवश्यक देखिए पनि व्यापार–व्यवसायमा लाभ मिल्ने योग रहेको छ।

Facebook Comments Box
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१३ घण्टा अगाडि

1.7kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…

TOP
144 Shares