

पर्सामा एसपी सुदीपराज पाठकको ९ महिने कार्यकाल : तस्करी नियन्त्रणदेखि अपराध अनुसन्धानसम्म उल्लेखनीय परिणाम
वीरगञ्ज (पर्सा) । नेपाल–भारत सीमासँग जोडिएको पर्सा जिल्ला, जहाँ लामो समयदेखि तस्करी, लागुऔषध कारोबार र विभिन्न आपराधिक गतिविधिले सुरक्षा चुनौती खडा गर्दै आएको थियो, पछिल्ला नौ महिनामा भने जिल्ला प्रहरी कार्यालयको सक्रिय नेतृत्वका कारण उल्लेखनीय परिवर्तनको संकेत देखिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको कार्यकालमा सीमावर्ती क्षेत्रमा निगरानी तथा कारबाही दुवैलाई कडाइका साथ अघि बढाइएको छ। परिणामस्वरूप तस्करी नियन्त्रणदेखि अपराध अनुसन्धानसम्म प्रहरीको सक्रियता बढेको देखिएको छ।
प्रहरी तथ्यांकअनुसार सो अवधिमा पर्सा प्रहरीले करिब ४३ करोड ९८ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली तथा अवैध रूपमा ओसारपसार गरिएका सामान बरामद गरेको छ। बरामद सामग्री सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ भने तस्करीमा प्रयोग भएका दर्जनौं सवारी साधन पनि नियन्त्रणमा लिइएका छन्।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार रोक्न एसपी पाठकले परम्परागत शैलीभन्दा फरक रणनीति अपनाएको प्रहरी स्रोतको भनाइ छ। नियमित अनुगमन, फिल्ड उपस्थिती र मातहत निकायसँग प्रत्यक्ष समन्वयमार्फत तस्करीमा संलग्न समूहमाथि दबाब बढाइएको बताइन्छ।
लागुऔषधविरुद्ध आक्रामक अभियान
यस अवधिमा लागुऔषध नियन्त्रण अभियानलाई पनि प्राथमिकतामा राखिएको छ। गाँजा, चरेस, ब्राउन सुगरदेखि विभिन्न प्रतिबन्धित औषधिसम्म ठूलो परिमाणमा बरामद गरिएको छ भने दर्जनौं कारोबारी पक्राउ परेका छन्।
ग्रामीण क्षेत्रमा फैलिँदै आएको गाँजा खेती नियन्त्रणका लागि प्रहरीले लाखौं गाँजाका बोट नष्ट गरेको जनाएको छ, जसले भविष्यमा हुने उत्पादन र आपूर्तिमाथि समेत असर पारेको दाबी गरिएको छ।
हुण्डी, काठ तस्करी र मानव बेचबिखनमा निगरानी
अवैध आर्थिक कारोबार नियन्त्रणका लागि हुण्डी कारोबारमाथि पनि कडाइ गरिएको छ। स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरू पक्राउ परेका छन् भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
वन क्षेत्रको दोहन रोक्न सम्बन्धित निकायसँग समन्वय गर्दै काठ तस्करीमा संलग्न समूहमाथि कारबाही गरिएको छ। साथै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चालन गरिएको अभियानमार्फत पीडित उद्धार तथा दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।
जटिल मुद्दामा अनुसन्धानको परीक्षण
यस अवधिमा भएको चर्चित हत्या घटनाको अनुसन्धानलाई पनि प्रहरी सफलताको उदाहरणका रूपमा लिइएको छ। घटनामा संलग्न आरोपीहरू नेपालबाहिर लुकेर बसेको अवस्थामा भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको थियो।
फरार अपराधी पक्राउ अभियान
न्यायिक फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन लामो समयदेखि फरार रहेका सयौं प्रतिवादी पक्राउ परेका छन्। कैद तथा जरिवाना कार्यान्वयनमा देखिएको सक्रियताले न्याय प्रणालीको प्रभावकारिता बढाउन सहयोग पुगेको बताइन्छ।
समुदायसँग नजिकिँदो प्रहरी
सामुदायिक सम्बन्ध सुदृढ गर्न प्रहरीद्वारा विद्यालयस्तरीय सचेतना कार्यक्रम, स्वास्थ्य शिविर, अन्तरक्रिया तथा विविध सामाजिक गतिविधि सञ्चालन गरिएको छ। यसले प्रहरी–नागरिक सम्बन्ध सुधारमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
परिणाममुखी नेतृत्वको चर्चा
एसपी पाठकले नियमित समीक्षा बैठक, अनुशासनमा कडाइ र फिल्डमा सक्रिय उपस्थितिमार्फत मातहत निकायलाई प्रभावकारी रूपमा परिचालन गर्दै आएका छन्। सीमावर्ती तथा संवेदनशील जिल्ला पर्सामा नौ महिनाको अवधिमा देखिएका परिणामले उनको नेतृत्वलाई सफल र परिणाममुखी रूपमा मूल्यांकन गर्न थालिएको छ।
समाज
थप सामाग्री-
विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप
-
भूमाफिया र जनप्रतिनिधि–कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?
-
एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
-
मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
-
३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१३ घण्टा अगाडि
1.7kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…



