सीमा विवादबारे संसदमा परराष्ट्रमन्त्रीले जवाफ दिने, प्रधानमन्त्री नबोल्ने : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव गरेका छन्।

 

सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा बोल्दै लामिछानेले आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने बताए। तर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने यस विषयमा संसदमा नबोल्ने स्पष्ट पारे।

 

“परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म पनि जवाफ दिन्छु, तर प्रधानमन्त्री बोल्नु हुन्न,” लामिछानेले बैठकमा भनेका थिए।

 

प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। साथै प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियाप्रति समेत असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

 

विपक्षी दलहरूको माग प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदमा माफी माग्नुपर्ने रहेको छ। उनीहरूले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

 

भारत भ्रमणबाट फर्किएपछि लामिछानेले समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन र संसदको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सर्वदलीय बैठक आह्वान गरेका हुन्।

 

 

Facebook Comments Box
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१२ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…

TOP
372 Shares