

सामान्य बिरामी रेफर गरे कारबाही हुने, जिल्ला अस्पतालमै उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सामान्य प्रकृतिका बिरामी तथा साना शल्यक्रियाका केसहरू अनावश्यक रूपमा केन्द्रीय अस्पतालमा रेफर गर्ने जिल्ला अस्पतालमाथि कारबाही गरिने चेतावनी दिएकी छन्।
देशभरका ७७ जिल्ला अस्पतालसँगको छलफलपछि सरकारले सामान्य उपचार र साना शल्यक्रिया जिल्ला अस्पतालमै सुनिश्चित गर्ने नीति अघि बढाएको मन्त्री मेहताले बताइन्।
उनका अनुसार हाइड्रोसिल, एपेन्डिक्स लगायतका सामान्य शल्यक्रिया गर्न सक्ने क्षमता हुँदाहुँदै बिरामीलाई माथिल्लो निकायमा पठाउने प्रवृत्तिले केन्द्रीय तथा सङ्घीय अस्पतालमा अत्यधिक चाप सिर्जना गरेको छ।
मन्त्री मेहताले अब जिल्ला अस्पतालहरूको सेवा, जनशक्ति र पूर्वाधार क्षमताका आधारमा स्पष्ट मापदण्ड निर्धारण गरिने र सोहीअनुसार रेफर प्रणाली सञ्चालन हुने जानकारी दिइन्।
“जिल्ला अस्पतालमै सम्भव हुने उपचारका लागि बिरामीलाई अनावश्यक रूपमा रेफर गर्न पाइँदैन। यसले बिरामीलाई आर्थिक बोझ थप्नुका साथै केन्द्रीय अस्पतालको सेवा प्रवाहमा पनि असर पुर्याउँछ,” मन्त्री मेहताको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ।
सरकारको यो कदमले जिल्ला अस्पतालहरूको सेवा प्रभावकारी बनाउने, स्थानीयस्तरमै उपचार सुनिश्चित गर्ने तथा ठूला अस्पतालमा बढ्दो बिरामी चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप
-
भूमाफिया र जनप्रतिनिधि–कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?
-
एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
-
मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
-
३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१२ घण्टा अगाडि
1.7kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…



