

एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
ललितपुर । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
केही दिनअघि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट सरुवा भई ललितपुर आएका एसएसपी कार्कीले आइतबार परिसर पुगेर पदबहाली गर्दै आफ्नो कार्यभार ग्रहण गरेका हुन्।
लामो समयदेखि नेपाल प्रहरीको विभिन्न जिम्मेवार तहमा कार्य अनुभव हासिल गरेका कार्कीलाई संगठनभित्र कुशल, व्यावसायिक र परिणाममुखी प्रहरी अधिकृतका रूपमा चिनिन्छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा रहँदा उनले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा प्रहरी सेवाको प्रभावकारी सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै एसएसपी कार्कीले कानुनको निष्पक्ष कार्यान्वयन, अपराध नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको आगमनसँगै ललितपुरमा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिक सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने दिशामा उनले नेतृत्वदायी भूमिका खेल्ने विश्वास गरिएको छ।
पदभार ग्रहणका अवसरमा परिसरका प्रहरी अधिकृत तथा कर्मचारीहरूले एसएसपी कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
समाज
थप सामाग्री-
विमानस्थलमा ‘काउन्टर सेटिङ’ प्रकरण : दुई कर्मचारी पक्राउ, बोर्डिङ पास हेरफेरको आरोप
-
भूमाफिया र जनप्रतिनिधि–कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?
-
एसएसपी तुलबहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी परिसरको नेतृत्व
-
मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
-
३१.८ किमि सडक वर्षौंदेखि अलपत्र, स्थानीय धुलो र हिलोमा सास्ती
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
११ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…



