ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष तथा पूर्वप्राध्यापक फणिन्द्र नेपाल पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि उनलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनी ग्रेटर नेपाल अभियानका अध्यक्षका साथै राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार चेक अनादर सम्बन्धी मुद्दामा अदालतले बिगोबापत दुई वर्ष कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।

राष्ट्रवाद, सीमा विवाद तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा लामो समयदेखि सक्रिय रूपमा आवाज उठाउँदै आएका नेपाल विभिन्न सार्वजनिक बहस र अभियानका कारण चर्चामा रहँदै आएका थिए।

पक्राउ परेका नेपाललाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
११ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…

TOP
207 Shares