गोर्खा सैनिकको पेन्सन मुद्दामा परराष्ट्रमन्त्री खनाल र बेलायती अधिकारीबीच छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा सचिव John Healey र पूर्वसैनिक तथा जनशक्ति मामिलासम्बन्धी रक्षा मन्त्री लुइस स्यान्डहर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्।

बैठकमा लामो समयदेखि समाधान हुन नसकेको बेलायती गोर्खा सैनिकहरूको गुनासो, विशेषगरी समानुपातिक पेन्सनलगायतका मागका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

परराष्ट्रमन्त्री खनालले बेलायती गोर्खा सैनिकहरूले नेपाल–बेलायत सम्बन्धमा ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै उनीहरूको मागलाई न्यायोचित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले गोर्खा सैनिकका विषयमा छिटो, निष्पक्ष, न्यायपूर्ण र दुवै पक्षलाई स्वीकार्य समाधान खोजिनुपर्ने धारणा राखेका छन्।

बैठकमा बेलायती पक्षले समेत गोर्खा सैनिकहरूको चासो सम्बोधन गर्न नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

भर्चुअल छलफलमा नेपाल र बेलायत सरकारका वरिष्ठ अधिकारी तथा गोर्खा संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

लामो समयदेखि उठ्दै आएको गोर्खा पेन्सन तथा सेवा सुविधासम्बन्धी विषयमा भएको यो छलफललाई कूटनीतिक पहलका रूपमा हेरिएको छ।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि

2.0kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
481 Shares