डिआईजी गोविन्द थपलियाद्वारा एसपी मानबहादुर राईलाई सम्मानपूर्ण बिदाइ, सफल कार्यकालको उच्च प्रशंसा

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी उपरीक्षक (एसपी) मानबहादुर राईलाई सरुवापछि एक विशेष समारोहबीच सम्मानपूर्वक बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार एसपी राई कोशी प्रदेश प्रहरी गण, मोरङमा सरुवा भई जान लागेका हुन्।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एसपी राईलाई माला, अबिर तथा मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बिदाइ समारोहमा डिआईजी थपलियाले एसपी राईले मधेश प्रदेशमा रहँदा संगठनको हित, प्रहरी सेवाको प्रभावकारिता तथा जनविश्वास अभिवृद्धिका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यक्षेत्रका लागि सफलताको शुभकामना व्यक्त गरे। उनले एसपी राईको व्यावसायिक दक्षता, अनुशासित कार्यशैली र नेतृत्व क्षमताले संगठनलाई महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

कार्यक्रममा सहभागीहरूले पनि एसपी राईलाई कर्तव्यनिष्ठ, इमानदार र परिणाममुखी प्रहरी अधिकृतका रूपमा स्मरण गर्दै उनको आगामी जिम्मेवारी अझ सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए।

भावुक वातावरणबीच सम्पन्न ‘फेरि भेटौँला’ कार्यक्रममा एसपी राईले मधेश प्रदेशमा कार्यरत रहँदा आफूलाई सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारी तथा नेतृत्वप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संगठनको गरिमा र जनसेवाप्रतिको प्रतिबद्धतालाई निरन्तर कायम राख्ने बताए।

मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमले संगठनभित्रको आपसी सम्मान, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि

1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
108 Shares