

धनगढीमा युवकको हत्या प्रकरणमा रहस्य खुल्यो, दुई जना पक्राउ, दुई फरार
धनगढी । कैलालीको धनगढीमा कुटपिटपछि एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको घटनाको रहस्य खुलेको छ।
धनगढी उपमहानगरपालिका–९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेसँगै घटना हत्या भएको पुष्टि भएको हो। प्रारम्भिक रूपमा नाम, थर र वतन नखुलेको उक्त शव कैलारी गाउँपालिका–९ गदरिया बस्ने २० वर्षीय राजकुमार रानाको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार रानाको प्राकृतिक मृत्यु नभई कुटपिट गरी हत्या गरिएको हो। अनुसन्धानका क्रममा धनगढी उपमहानगरपालिका–८ बस्ने ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु रानासहित चार जनाको समूहले उनलाई कुटपिट गरी हत्या गरेको पुष्टि भएको छ।
हत्या गरेपछि प्रमाण लुकाउने उद्देश्यले उनीहरूले शव मोहना नदी किनारमा फालेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ।
घटनामा संलग्न भई फरार रहेका अन्य दुई जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि
2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



