आज देशभर मौसममा आंशिकदेखि साधारण बदली, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने तातो दिन (हट डे) हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

यता आज राति देशभर सामान्यतया बदली रहनेछ । मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरू, कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
214 Shares