

एकैदिन १० हजार १०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तो
सुनमा एकैदिन १० हजार १०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो। एकैदिनमा भएको यो गिरावटले पछिल्ला दिनहरूमा निरन्तर उतारचढाव देखिएको सुन बजारमा केही राहत महसुस गराएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्यमा आएको यो गिरावट पछिल्लो समय देखिएको तीव्र वृद्धिपछि आएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि सुनचाँदीमा लाग्ने भन्सार दर १० प्रतिशतले बढाउने घोषणा गरेपछि जेठ १७ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले उकालो लागेको थियो।
यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर नेपाली बजारको इतिहासमै सर्वाधिक उच्च रेकर्ड कायम गरेको थियो। सोही दिन चाँदीको मूल्य पनि ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, अमेरिकी डलरको विनिमय दर, विश्व अर्थतन्त्रको अवस्था तथा लगानीकर्ताको मनोविज्ञानजस्ता कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गरेको छ। यही कारण पछिल्ला दिनहरूमा बजारमा कहिले तीव्र वृद्धि त कहिले उल्लेखनीय गिरावट देखिँदै आएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि
2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



