

विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
विराटनगर । यात्रुसँग तोकिएको मूल्यभन्दा अत्यधिक शुल्क असुलेको भेटिएपछि विराटनगर विमानस्थलभित्र सञ्चालन भइरहेका चार वटा होटल तथा क्याफेलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य कार्यालय, नेपाल प्रहरी तथा उपभोक्ता संरक्षण मञ्चको संयुक्त अनुगमन टोलीले विमानस्थल परिसरमा सञ्चालन भइरहेका व्यवसायहरूको निरीक्षण गर्दा उपभोक्ता हितविपरीत गतिविधि भएको पुष्टि भएपछि कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा ममता होटल, ग्यालेक्सी क्याफे एन्ड होटल, गरिमा क्याफे तथा अनुकूल होटल एन्ड भान्साघर रहेका छन्। उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जनही तीन लाख रुपैयाँ जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।
अनुगमनका क्रममा यात्रुसँग बजार मूल्यको दोब्बरदेखि तेब्बरसम्म रकम असुल्ने गरिएको फेला परेको थियो। बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको भेटियो। यस्तै, ग्यालेक्सी क्याफे एन्ड होटलले ५० रुपैयाँ पर्ने कोकाकोला १६० रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो।
त्यसैगरी, गरिमा क्याफेले ५० रुपैयाँ मूल्यको कोक ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकूल होटल एन्ड भान्साघरले ८ रुपैयाँ पर्ने चकलेट १७ रुपैयाँमा बिक्री–वितरण गरेको अनुगमन टोलीले जनाएको छ।
विमानस्थलभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुली तथा कालोबजारी भइरहेको गुनासो बढेपछि सम्बन्धित निकायले संयुक्त अनुगमन गरेको थियो। अनुगमनपछि उपभोक्तामाथि अनुचित भार पार्ने व्यवसायीहरूलाई कडा सन्देश दिन जरिवानाको निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने र उपभोक्ताको अधिकारमाथि खेलवाड गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि
1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



