फिलिपिन्स भूकम्प : मृतकको संख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता

काठमाडौं । फिलिपिन्सको मिन्डानाओ टापुमा गएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ। भूकम्पपछि अझै १७ जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) का अनुसार उद्धारका क्रममा थप शव फेला परेपछि मृतकको संख्या बढेको हो। बुधबार सुपरमार्केटको भग्नावशेषबाट थप एक जनाको शव निकालिएपछि यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारंगानी प्रान्त नजिकै समुद्री क्षेत्रमा रहेको थियो। शक्तिशाली कम्पनका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ।

अधिकारीहरूका अनुसार भूकम्पबाट ४८० भन्दा बढी मानिस घाइते भएका छन् भने ३२ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। प्रभावितहरूलाई अस्थायी आपत्कालीन शिविरमा राखिएको छ।

भूकम्पका कारण करिब ३ हजार घर, हजारौँ विद्यालय तथा सरकारी भवनहरूमा क्षति पुगेको बताइएको छ। विभिन्न क्षेत्रमा सडक चर्किएका छन् भने पहिरोका कारण यातायातसमेत प्रभावित भएको छ।

भूकम्पपछि तटीय क्षेत्रमा १.४ मिटरसम्मको सुनामी छाल रेकर्ड गरिएको थियो। जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

हाल प्रभावित क्षेत्रमा सेना, तटरक्षक तथा उद्धार टोली परिचालन गरी बेपत्ता नागरिकको खोजी तथा राहत कार्य तीव्र पारिएको छ। अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने काम जारी राखेका छन्।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि

1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
361 Shares