पशुपतिनाथ परिसरमै भारतीय महिला चोरको गिरोह सक्रिय, घाँटीबाट सुनको सिक्री लुट्ने ५ जना रंगेहात पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका श्रद्धालुहरूको सुनका गरगहना लक्षित गर्दै चोरी गर्ने भारतीय महिलाको एक समूहलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मन्दिर परिसरभित्र भीडभाडको फाइदा उठाउँदै श्रद्धालुहरूको घाँटीमा लगाइएको सुनको सिक्री लुटपाट गर्दै आएको ५ जना भारतीय महिलालाई चोरी गरिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा अन्जु चमार, रुपसना चमार, आरती चमार, रिंकु चमार र नन्दनी चमार रहेका छन्। उनीहरू भारतबाट आएर पशुपतिनाथ क्षेत्रमा सक्रिय रूपमा चोरीका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती महिलाहरूले दर्शनका लागि आएका भक्तजनको भीडमा मिसिएर घाँटीमा लगाइएका सुनका सिक्री झिक्ने तथा लुटपाट गर्ने गरेको सूचना प्राप्त भएपछि विशेष निगरानी बढाइएको थियो। सोही क्रममा उनीहरूलाई चोरी गरिएको सुनको सिक्रीसहित पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पछिल्लो समय धार्मिक तथा पर्यटकीय क्षेत्रमा यस्ता आपराधिक गतिविधि बढ्न थालेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि

1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
413 Shares