बजेट सूचना चुहावट र कर हेरफेरबारे संसदीय छानबिन समिति गठन गर्न माग : सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माण प्रक्रियामा सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी हुने सम्भावनाबारे निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

अर्थमन्त्रीलाई सम्बोधन गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा सरकारले हालैका आर्थिक गतिविधि र बजेट प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले यस्तो संवेदनशील विषयमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन्।

शाहीले भनेका छन्—

“माननीय अर्थमन्त्रीज्यू, नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ।

तर बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्।

यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो।”

उनको उक्त भनाइले संसद र सरकारबीच आर्थिक पारदर्शितासम्बन्धी बहसलाई पुनः चर्काएको छ।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि

1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
Shares