आज देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले जनाएको अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा आउने परिवर्तनका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
428 Shares