

ग्राहकको सुन लुकाउन आफ्नै पसलमा ‘चोरी’ नाटक : बुटवलका सुनचाँदी व्यवसायी दिपक बिकसहित दुई पक्राउ
बुटवल । रुपन्देही प्रहरीले बुटवलस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरीको घटनाको रहस्योद्घाटन गर्दै पसलका सञ्चालक दिपक बिक र उनका कामदार नविन बिकलाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानबाट पसलमा बाह्य व्यक्तिले चोरी नगरेको, बरु ग्राहकले बनाइदिन दिएका सुनका गरगहनाको हिसाब मिलाउन नसकेपछि सञ्चालकले आफ्नै पसलमा चोरी भएको नाटक रचेको खुलेको छ।
प्रहरीका अनुसार दिपक बिकले आफ्ना कामदार नविन बिकसँग मिलेर पसलमा चोरी भएको झुटो सूचना दिएका थिए। घटनापछि प्रहरीले प्राविधिक तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाउँदा कथित चोरीको योजनामै पसल सञ्चालकको संलग्नता रहेको पुष्टि भएको हो।
अनुसन्धानका क्रममा ग्राहकका सुनका गरगहना लुकाएर चोरी भएको देखाउने उद्देश्यले योजनाबद्ध रूपमा घटना बनाइएको खुलेपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
७ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



