

रास्वपाभित्र प्यानलगत विकृति रोक्न सांसद गणेश कार्कीको चेतावनी
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक निर्वाचनका नाममा देखिन सक्ने प्यानलगत विकृति र गुटबन्दीप्रति मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा पार्टी नेता गणेश कार्कीले गम्भीर चासो व्यक्त गरेका छन् ।
कोशी प्रदेश अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले पार्टीभित्र प्यानल प्रथाको सुरुवात नै एक–अर्काको प्रचार गर्ने शैलीबाट हुने भएकाले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने चेतावनी दिएका हुन् ।
उनले रास्वपामा औपचारिक रूपमा प्यानल प्रणाली नरहेको कुरा सकारात्मक भए पनि निर्वाचनका बेला केही व्यक्तिहरू अरू उम्मेदवारका लागि पनि मत माग्दै हिँडेको पाइएको उल्लेख गर्दै अबदेखि उम्मेदवार स्वयंले मात्र आफ्नो पक्षमा मत माग्नुपर्ने स्पष्ट पारेका छन् ।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताहरूको सहभागितासँगै पार्टीभित्र आन्तरिक विभेदको जोखिम बढ्न सक्ने संकेत गर्दै कार्कीले रास्वपा अहिले ‘सप्तकोशी’ जस्तै विशाल बन्दै गएको टिप्पणी गरेका छन् ।
उनका अनुसार सप्तकोशी नदीमा तमोर, लिखु वा इन्द्रावती मिसिएपछि पानीको मूल स्रोत छुट्याउने प्रयास गर्नु व्यर्थ भएझैँ रास्वपामा को कहाँबाट आयो भन्ने कुरा अब अर्थहीन भइसकेको छ । विगतका राजनीतिक पहिचानलाई थाती राख्दै सबै एकताबद्ध भएर पार्टीलाई देशहितमा प्रयोग गर्नुपर्ने उनको जोड छ ।
त्यसैगरी, कोशी प्रदेशले अब व्यक्तिवादी राजनीतिको अन्त्य गरी विचार र नीतिमा आधारित राजनीति गर्नुपर्ने धारणा पनि उनले अघि सारेका छन् । विगतमा नेताको नाम र अनुहार हेरेर राजनीति गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै कार्कीले अब कोशी प्रदेशले राष्ट्रिय नीतिको नेतृत्व गर्न सक्ने उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



