

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन भारी गिरावट, दुई दिनमै १५ हजारभन्दा बढीले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन पनि तीव्र रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार १०० रुपैयाँले घटेको हो।
बुधबार पनि सुनको मूल्य १० हजार १०० रुपैयाँले घटेको थियो। यससँगै दुई दिनमै सुनको मूल्य कुल १५ हजार २०० रुपैयाँले घटेको छ।
आजको कारोबारअनुसार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँसम्म पुगेको थियो, जुन यस हप्ताको उच्च बिन्दु हो।
त्यस्तै चाँदीको मूल्य पनि लगातार घटिरहेको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ, जुन ९० रुपैयाँले घटेको हो। बुधबार पनि चाँदी तोलामा १८५ रुपैयाँले घटेको थियो। यससँगै दुई दिनमा चाँदीको मूल्य २७० रुपैयाँले घटेको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी केन्द्रीय बैंक (Fed) ले ब्याजदर तत्काल घटाउने संकेत नदिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेको छ। लगानीकर्ताहरू सुन बेचेर डलर र सरकारी बन्डतर्फ आकर्षित हुँदा यसको असर नेपाली बजारमा पनि देखिएको हो।
यस गिरावटले आन्तरिक बजारमा सुनचाँदी व्यवसायी र लगानीकर्ताहरू दुवै प्रभावित भएका छन्।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



