विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपचार, १०% शय्या अनिवार्य गर्ने नयाँ कार्यविधि स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले विपन्न, असहाय र बेवारिसे नागरिकका लागि निःशुल्क उपचार सुनिश्चित गर्ने नयाँ कार्यविधि स्वीकृत गर्नुभएको छ।

नयाँ व्यवस्था अनुसार अब देशभरका सबै अस्पतालहरूले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका लागि अनिवार्य रूपमा छुट्याउनुपर्नेछ। ती शय्यामा उपचार सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान कार्यविधिमा समावेश गरिएको छ।

मन्त्रालयका अनुसार यस निर्णयको उद्देश्य आर्थिक रूपमा कमजोर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउनु हो।

कार्यविधि उल्लंघन गर्ने अस्पतालहरूको हकमा कडा कारबाही हुने व्यवस्था गरिएको छ। नियम पालना नगरे अस्पतालको सञ्चालन अनुमति नै खारेज हुन सक्ने प्रावधान पनि राखिएको छ।

स्वास्थ्य मन्त्रालयले यो कदमलाई सामाजिक न्याय र समावेशी स्वास्थ्य प्रणालीतर्फको महत्वपूर्ण सुधारका रूपमा लिएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
७ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
256 Shares