प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण

नवलपरासी (पश्चिम) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अजय केसीले पश्चिम नवलपरासीको जर्गाहस्थित प्रहरी युक्ति तालिम महाविद्यालयको प्रमुखको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।

हालै मात्र नेपाल प्रहरीको साइबर ब्युरोबाट सरुवा भई आउनुभएका एसएसपी केसीले नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार प्रहरी युक्ति तालिम महाविद्यालयमा हाजिर भई कार्यभार ग्रहण गर्नुभएको हो।

महाविद्यालयमा आयोजित स्वागत कार्यक्रममा एसएसपी केसीलाई महाविद्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीसहित सम्पूर्ण प्रहरी युक्ति तालिम महाविद्यालय परिवारले हार्दिक स्वागत गरेका थिए। कार्यक्रममा महाविद्यालयका अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान तथा प्रविधिमैत्री प्रहरी सेवामा महत्वपूर्ण अनुभव हासिल गर्नुभएका एसएसपी केसीको आगमनसँगै महाविद्यालयको तालिम प्रणाली, व्यावसायिक दक्षता अभिवृद्धि तथा संगठनात्मक क्षमता विकासमा थप प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रहरी संगठनका लागि दक्ष, अनुशासित र व्यावसायिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा अनुभवी अधिकृतको आगमनले संस्थाको कार्यसम्पादन अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ।

एसएसपी केसीले जिम्मेवारी सम्हाल्दै तालिमको गुणस्तर अभिवृद्धि, आधुनिक प्रहरी प्रविधिको उपयोग तथा व्यावसायिक क्षमताको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि

1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
454 Shares