

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना
काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली र वर्षाको अवस्था कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रहरूमा बादल लागेको छ भने केही स्थानमा वर्षासमेत भइरहेको छ।
हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
आज राति पनि मौसममा उल्लेखनीय सुधार नआउने देखिएको छ। कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई क्षेत्रमा आंशिक बदली कायम रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशका तराई भूभाग र देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ, वर्षा तथा सम्भावित हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र बाहिर निस्कन सुझाव दिइएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



