पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा तथा देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चट्याङ्ग, वर्षा तथा सम्भावित मौसमीय जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१३ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
483 Shares