मौसममा पश्चिमी, स्थानीय तथा पूर्वीय वायुको मिश्रित प्रभाव : देशका विभिन्न प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ। हाल हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ।

आज दिउँसोको मौसम अवस्था

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा तातो दिन (उष्ण मौसम) रहने सम्भावना छ।

आज रातिको मौसम पूर्वानुमान

राति देशभर हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले बदलिँदो मौसमका कारण चट्याङ्ग र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
145 Shares