

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९९ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लंघन गर्ने २ हजार २९९ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९९ जना, संकेत बत्ती उल्लंघन गर्ने १२९ जना र तीव्र गतिमा सवारी चलाउने १४७ जनालाई कारबाही गरिएको छ।
यस्तै, लेन अनुशासन उल्लंघन गर्ने १०८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११५ जना, सडकपेटीमा पार्किङ गर्ने ८७ जना, एकतर्फी सडकमा सवारी चलाउने ९८ जना तथा अन्य नियम उल्लंघन गर्ने १ हजार ४२१ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१९ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



