

आज पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही भूभागमा गर्मी बढ्ने
काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूले उच्च तापक्रमका कारण आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
महाशाखाले आज रातिका लागि पनि वर्षाको सम्भावना औँल्याएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ।
मौसममा आउने परिवर्तनसँगै चट्याङ, पहिरो तथा आकस्मिक बाढीको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी पहाडी जिल्लामा यात्रा गर्ने तथा खेतीपातीमा संलग्न नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र काम गर्न सुझाव दिइएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



