नापी कार्यालयका अमिन टोपजङ खत्री ६० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं । नापी कार्यालय, चावहिल अन्तर्गत २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्री ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए ।

सेवाग्राहीको उजुरीपछि आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले मंगलबार गोकर्णेश्वर नगरपालिका–४, माकालवारीस्थित कार्यालय परिसरबाट उनलाई ६० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका खत्रीमाथि आवश्यक थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१३ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
397 Shares