

सवारी दुर्घटना न्यूनीकरणदेखि ट्राफिक व्यवस्थापनसम्म उत्कृष्ट योगदान : मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपाने ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, व्यावसायिक दक्षता र साहसका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको हो।
मोरङ ट्राफिक प्रमुखका रूपमा कार्यरत न्यौपानेले जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण सञ्चालन गर्नुका साथै लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेका थिए। नियम उल्लङ्घन गर्ने चालक तथा सहचालकलाई कानुनी दायरामा ल्याउन उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले उनले ‘सुरक्षित चालक अभियान’ सुरु गरेका थिए। सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गरिनुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारिकेड तथा रिफ्लेक्टिभ ज्याकेट प्रयोगमा ल्याइएको थियो।
न्यौपानेको नेतृत्वमा समुदायस्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै ट्राफिक नियमप्रति नागरिकलाई जिम्मेवार बनाउन विभिन्न अभियानहरू पनि सञ्चालन भएका थिए।
यसैगरी, जनआन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट तथा सौर्य चेतावनी बत्ती पुनः जडान गरी सवारी आवागमनलाई सहज र सुरक्षित बनाउने कार्यमा समेत उनले उल्लेखनीय योगदान पुर्याएका थिए।
प्रहरी निरीक्षक न्यौपानेले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सेवा प्रवाह सुधार तथा समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउन पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



