

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, रेमिट्यान्स भने बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली युवाको संख्या घटेको छ।
वैदेशिक रोजगार विभागका अनुसार वैशाख मसान्तसम्म ७ लाख २२ हजार ८४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९९ प्रतिशत कम हो। गत वर्ष यही अवधिमा ७ लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएका थिए।
विभागका अनुसार पश्चिम एसियामा उत्पन्न तनावपछि सरकारले केही देशका लागि श्रम अनुमति अस्थायी रूपमा रोक लगाउँदा वैदेशिक रोजगारीमा जानेको संख्या प्रभावित भएको हो।
जेठ महिनामा मात्रै ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको जेठको तुलनामा १७.९८ प्रतिशत कम हो। यसमध्ये २९ हजार ३७१ जना नयाँ श्रम स्वीकृति लिने र ३१ हजार ७०१ जना पुनःप्रवेश अनुमति लिने श्रमिक रहेका छन्।
जेठमा नेपाली श्रमिकका लागि मलेसिया प्रमुख गन्तव्य बनेको छ। मलेसियाका लागि १४ हजार १९२ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै यूएईमा १२ हजार ४५५, कतारमा १० हजार २१०, साउदी अरेबियामा ७ हजार ५१९ र रोमानियामा २ हजार ५१० जनाले अनुमति लिएका छन्।
यता वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१० घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



