लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह

काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोकमा “लागूऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धी” जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा प्रहरी समुदायलाई लागूऔषधको दुष्प्रभाव र मानसिक स्वास्थ्यको महत्वबारे जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले आसरा सुधार केन्द्र रानीबारीले स्थापना कालदेखि हालसम्म ६ हजार ६ सय ८५ जना लागूऔषध प्रयोगकर्तालाई सफल उपचार सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो। उहाँले लागूऔषधको लतमा परेका व्यक्तिलाई पुनः स्वस्थ र जिम्मेवार नागरिकका रूपमा समाजमा स्थापित गर्न केन्द्रले विभिन्न उपचारात्मक तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

“लागूपदार्थमा निर्भर भएका व्यक्तिलाई त्यसको चंगुलबाट मुक्त गराई परिवार र समाजमा पुनःस्थापित गर्नु हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “उपचार मात्र होइन, रोकथाम र जनचेतना अभिवृद्धिका लागि पनि केन्द्रले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर नेपाल प्रहरी, स्थानीय निकाय तथा समुदायसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।”

उहाँले विशेषगरी युवापुस्तालाई लागूऔषधबाट टाढा रहन, मानसिक स्वास्थ्यप्रति सजग हुन तथा सकारात्मक जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कल्याण महाशाखाका एसएसपी जनार्दन जी.सी., नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्रका पदाधिकारीहरू, नेपाल पुलिस स्कुलका प्राचार्य, प्रहरी कर्मचारी, शिक्षक–शिक्षिका, परामर्शदाता तथा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विद्यार्थी केन्द्रित उक्त कार्यक्रमले लागूऔषध दुव्र्यसनका जोखिम, मानसिक स्वास्थ्यका चुनौती तथा त्यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको सहभागीहरूले बताएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले युवाहरूमा सचेतना अभिवृद्धि गर्दै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि

1.4kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
157 Shares