
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यस प्रभावका कारण देशभर हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादलको अवस्था देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको मौसम
आज दिउँसो देशका हिमाली र पहाडी भूभागसहित कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर (हिट वेभ) को असर देखिन सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको मौसम
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल रहनेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली–पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
३ घण्टा अगाडि
2.2kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





