

२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५१९ चालक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १६३ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने ९९ जना तथा तीव्रगतिमा सवारी चलाउने ११५ जना रहेका छन् ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, लागुपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने ३ जना तथा निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने १९ सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।
अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८१९ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
३ घण्टा अगाडि
2.2kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





