

रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ । फाउन्डेसनका अनुसार कार्यक्रम २०८३ असार १२ गते बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौँको बिजेश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाकक्षमा हुनेछ ।
विगत २० वर्षदेखि साहित्य, कला र सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको रातोघर फाउन्डेसनले नेपाली साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य राख्दै आएको जनाएको छ ।
फाउन्डेसनले हालका वर्षहरूमा स्वनिगःका शहरहरूमा सम्पदा संरक्षण र आधुनिक विकासबीचको बहस तीव्र हुँदै गएको सन्दर्भमा स्थानीय सरकार, साहित्यकार, सांस्कृतिक अभियन्ता, कलाकार र आमनागरिकबीच संवाद आवश्यक रहेको उल्लेख गरेको छ । सोही आवश्यकता मनन गर्दै साहित्य उत्सव आयोजना गर्न लागिएको हो ।
उत्सवअन्तर्गत २२ जना युवा तथा विशिष्ट कविहरूले शहर, सम्पदा र संस्कृतिसम्बन्धी कविता वाचन गर्नेछन् भने १५ जना विभिन्न मातृभाषी कविहरूले पनि आफ्ना रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विभिन्न सम्मान तथा सत्रहरू समेत समावेश गरिएको छ । यसअन्तर्गत रमेशकाजी स्थापितलाई ‘रातोघर च्वसाः सम्मान’ र डा. शङ्करमान राईलाई ‘रातोघर उत्कृष्ट सेवा सम्मान’ प्रदान गरिनेछ । साथै पुस्तक विमोचन पनि हुने बताइएको छ ।
त्यसैगरी “यो शहर कस्तो ?” विषयमा हुने बहस सत्रमा अध्यक्ष मल्ल के. सुन्दर र प्रा. डा. सुदर्शनराज तिवारीबीच संवाद हुनेछ । यस्तै “स्वनिगः याम्बु र सम्पदाको शहर” विषयक अर्को बहस सत्रमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य र भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी सहभागी हुनेछन् ।
गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको अध्यक्षतामा हुने उक्त सत्रहरूमा वासुदेव अधिकारीले सम्मानित व्यक्तित्वहरूको परिचय दिनेछन् भने विभिन्न सत्रको सहजीकरण विश्व सिग्देल, दीपक समीर, स्नेह साय्मी र रजनी मिलाले गर्नेछन् ।
रातोघर फाउन्डेसनकी अध्यक्ष स्नेह साय्मीले कार्यक्रम साहित्य, सम्पदा र शहरबीचको सम्बन्धलाई सशक्त रूपमा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको बताएकी छन् ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





