

भेनेजुएलामा शक्तिशाली भूकम्पपछि २० भन्दा बढी पराकम्प, सर्वसाधारण खुला स्थानमा बस्न बाध्य
काठमाडौँ — भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि २० भन्दा बढी पराकम्प गएका छन्। लगातारको धक्काका कारण प्रभावित क्षेत्रका सर्वसाधारण रातभर खुला सडकमा बस्न बाध्य भएका छन्।
देशको उत्तरी तटीय क्षेत्र ला गुइरा, अरागुआ, काराबोबो र फाल्कोन भूकम्पबाट बढी प्रभावित भएका छन्।
भूकम्पपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि अमेरिका तयार रहेको बताएका छन्।
भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको बताइएको छ। ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला धक्काका कारण आवासीय भवनमा क्षति पुगेको र ठूलो मानवीय क्षतिको आशंका गरिएको छ।
भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि उडान सेवा प्रभावित भएको बताइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पपछि व्यापक क्षति हुन सक्ने र हताहतीको संख्या बढ्न सक्ने चेतावनी दिएको छ।
राष्ट्रिय बिदाको दिन साँझ भूकम्प गएकाले धेरै मानिस घरभित्रै रहेका थिए। भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटा र ब्राजिलका केही क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताउँदै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उद्धार टोली र सुरक्षाकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोज तथा उद्धारमा परिचालन गरिएको जनाइएको छ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





