

चुनावको मुखमा ललितपुर क्षेत्र नं. १ मा एमालेलाई ठूलै धक्का, संघका उम्मेदवार सिलवाल र प्रदेशका उम्मेदवार सञ्जेललाई तनाव
ललितपुर । चुनावको मुखैमा ललितपुर क्षेत्र नं. १ का एक दर्जनभन्दा बढी सक्रिय कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरेपछि संघका उम्मेदवार नवराज सिलवाल र प्रदेश ‘ख’ का उम्मेदवार चेतनाथ सञ्जेल तनाबमा परेका छन् ।
नेकपा एमालेका १३ जना सक्रिय कार्यकर्ताले पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । निर्वाचनको मुखमा एमालेका संघीय सांसदका उम्मेदवार नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलका दाहिने हात मानिने जिवन देशारसहित एमालेका १३ जना सक्रिय कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत् एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
नेकपा एमालेका नेताहरुले देश र जनताको हित विपरित कार्य गर्दै आइरहेको र २०७४ सालमा संघीय सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलले जनचाहना अनुसार पटक्कै काम नगरेको, एमाले पार्टी व्यक्तिवादी हावी हुँदै गएको र गत स्थानीय निर्वाचनमा पनि एमालेले स्थानीय तहमा प्रभाव पार्ने र सामाजिक कार्यमा सदैव योगदान गर्नेलाई खासै महत्व नदिई आफ्ना आसेपासे, व्यक्तिवादी र जनमुखी नभएकालाई छानीछानी हार्नेलाई टिकट बाँढेको आरोप लगाउँदै पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
सामाजिक सञ्जालमा एमाले परित्याग गरेको घोषणा गरेका सक्रिय कार्यकर्ताहरु जीवन देशार, सुमंगल देशार, नरेश देशार, स्यामेल देशार, राजन देशार, सुनिल देशार, मनिन देशार, अभिषेक देशार, अमित देशार, अनिल देशार, मिलन देशार, साजन देशार, सुजन देशारलगायत रहेका छन् ।

नेकपा एमाले पार्टीभित्र स्थानीयतहदेखि लागेको भुसको आगो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखमै आएर त्यसले ठूलै रुप लिएको हो । एमालेका प्रदेश ‘ख’का उम्मेदवार चेतनाथ सञ्जेलले राम्रै आर्थिक चलेखेल गरी टिकट ल्याउन सफल बने पनि उनको पाँच वर्षको कार्यले वाक्क दिक्क बनेका कार्यकर्ता तथा स्थानीय जनताले यसपटक उनलाई खासै नरुचाएको चिया गफमा बताउने गरेका छन् ।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२२ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





