

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा गठबन्धनको पल्लाभारी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. २ को संघ र प्रदेश गठबन्धनका उम्मेदवारहरुको पल्लाभारी हुने देखिएको छ ।
संघमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेत र प्रदेश सभाअन्तर्गत ‘क’ प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री युवराज दुलाल (शरद) र प्रदेश ‘ख’ तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर तामाङ ‘समिर’को उम्मेदवारी रहेको छ ।
सो क्षेत्रमा विगतमा विगतमा एमालेको पकड रहे पनि विजयी पश्चात उनीहरुले विकास निर्माण, जनतालाई परेको समस्या समाधान र विपतको बेला वेवास्ता गरेकै कारण यसपटक गठबन्धनको उम्मेदवारहरुलाई विजयी गराउने भन्दै विभिन्न सार्वजनिक ठाउँमै स्थानीयले बताउने गरेको छ ।
संघको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत र प्रदेश ‘क’का नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री युवराज दुलाल ‘शरद’ र प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका कृष्णबहादुर तामाङले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि सिन्धुपाल्चोक क्षेत्र नं. २ का जनताहरु उत्साहित बनेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा विपद आई पर्दा पिडितहरुको घाउमा मल्हम लगाउन सबैभन्दा पहिला संघका उम्मेदवार बस्नेत, प्रदेश सभाका ‘क’का उम्मेदवार दुलाल र ‘ख’ का तामाङ पुगेकै कारण सिन्धुपाल्चोक वासी यस्ता उम्मेदवार पाएको हुँदा जसरी पनि जिताएर पठाउने स्थानीयहरुले बताउने गरेका छन् ।
सिन्धुपाल्चोक जिल्ला बागमती प्रदेशका तेह्र जिल्लामध्ये मानव विकास सुचांकको १२ औं स्थानमा अर्थात् अन्तिम दोस्रोमा छ । यहाँका जनताको शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आम्दानी वृद्धि गरी मानव विकास सुचांकमा माथि ल्याउन गठबन्धनका उम्मेदवारहरु तल्लिन रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा गएका ७२ सालको महाभूकम्पदेखि लिएर मेलम्चीमा भएको बाढीका कारण धनजनको थप क्षति हुन नदिन तत्तकालै त्यस्ता प्रभावित ठाउँमा गई बस्नेत, दुलाल र तामाङले स्थानीयहरुसँग हातेमालो गरी उनीहरुको दुःखमा साथ दिएका थिए ।
विशेष गरी सो जिल्लाको युवा नेता दुलाल जसको जनमुखी कामले २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ अन्तर्गतको प्रदेश सभा १ ‘क’ बाट निर्वाचित भएपछि उनको जनमुखी कामले निकै चर्चा कमाएको थियो । दुलालले बागमती प्रदेशको अघिल्लो कार्यकालमा सामाजिक तथा विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला दुलाल सधैं जनताको साथमा रही विकास निर्माणको कार्यदेखि लिएर जनतालाई परेको समस्यामा प्रत्यक्षरुपमा आफै सहभागी भई कार्य गर्दै आइरहेको कारणले पनि सिन्धुपाल्चोकवासीहरु उनको उम्मेदवारीले उत्साहित बनेका हुन् ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



