

प्रदेश सांसद मीनकृष्ण महर्जनको पहलमा सुरुभयो रोडको काम
ललितपुर । ‘जे बोल्छु त्यो गर्छु, जे बोल्दिन त्यो गर्दिन’ भन्ने स्वभावका ललितपुर क्षेत्र नं. १ ‘ख’ प्रदेशका निर्वाचित सांसद मीनकृष्ण महर्जनले त्यो गरेर देखाएका छन् ।
चुनाव प्रचारप्रसारको दौरानमा ललितपुर क्षेत्र नं. १ ‘ख’ प्रदेशमा पर्ने आस्राङदेखि गिम्दि जाने बाटो आफ्नो पहिलो प्राथमिकतामा रहेकोले यसलाई चाँडोभन्दा चाँडो कालोपत्र गरिदिने त्यहाँका स्थानीयलाई बचन दिएका थिए । आफू सांसदमा निर्वाचित भएको दिनदेखि नै कसरी हुन्छ यो बाटोलाई कालोपत्रे बनाएरै छाड्छु भन्ने उद्देश्यका साथ अगाडि बढेको सांसद महर्जनले त्यो बाचा पूरा गरेका छन् ।
हिउँदमा धुलो र धुँवा, वर्षामा हिलोका कारण दयनिय अवस्थामा रहेको सो बाटोमा स्थानीयलाई आवत जावत गर्न सारै कठिनाई परेको प्रत्यक्ष देखेका सांसद महर्जनले चुनावमा आफू हारे पनि जिते पनि यो बाटोलाई कालोपत्र गराउने बचन स्थानीयलाई दिएका थिए । २०७४ सालको निर्वाचनमा जितेर गएका सांसदहरुले उक्त बाटो कालोपत्र गरी दिने जनतालाई आश्वासन दिएपनि त्यसमा खासै चासो नदिएको पाँच वर्ष वित्दा पनि सो बाटो कालोपत्रे गर्नतर्फ चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । जनताको सधैं साथमा रहने र जनताकै सुख दुःखमा भिज्ने स्वभावका महर्जनले चुनाव जितेर सांसदको सपथ नखादै सो बाटो कालोपत्रे गर्न प्रदेश सरकारबाट बजेट बिनियोज गराई २० करोडको टेण्डर गराउन सफल भएका छन् ।
दक्षिण ललितपुरका अधिकांश जनताहरु कृषिमा निर्भर छन् । त्यहाका अधिकाशं जनताहरु गाई भैंसी पालन गर्नुका साथै तरकारी खेती गरेर आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन् ।
हिउँद होस् या बर्षा मौशममा बोटो खराबका कारण कृषकहरूले उत्पादन गरेको तरकारी, दुधजन्य पदार्थ बाटोकै कारण ठाउँमा पुराउन नसक्ने अवस्थामा छन् । हिउँदमा त जेनतेन ठाउँमा पु¥याउछन् भने वर्षा मौशममा भने बाटोकै कारण ठाउँमा पुराउन नसकी दुध बाटोमै फाल्नु पर्ने अबस्थामा रहेका छन् । कृषकलाई परेको यस्तो समस्यालाई नजिकबाट नियालिरहेका नवनिर्वाचित सांसद महर्जनले बाटोलाई कालोपत्रे बनाउन टेण्डर निकाल्न जुन भूमिका निर्वाह गरेका छन् त्यसबाट कृषकहरु सही नेतृत्व ल्याउन सफल भएकोमा हर्षित पनि भएको एक कृषकले खोजतलासलाई बताए ।
दक्षिण ललितपुरको सदरमुकामको रुपमा रहेको चापागाउँ हुँदै लगनखेल लगेर दुध, तरकारी विक्री गर्नुपर्ने अवस्थामा रहेका कृषकलाई बाटो खराब भएकै कारण आफूहरुले दुःख गरेर उत्पादन गरेको तरकारी कुहिएर बाटो मै फाल्नु पर्ने अवस्थाबाट सांसद मीनकृष्णले उक्त आश्राङदेखि गिम्दि जाने बाटोको लागि २० करोड बिनियोज गराई टेण्डर गराउनुले अव त्यस्तो समस्या झेल्नु नपर्ने भन्दै स्थानीय हर्षित भई महर्जनले प्रशंसनीय कार्य गरेकोमा आफूहरु अत्यन्तै खुशी भएको बताएका छन् ।
आफूहरुले चुनेर पठाएको जनप्रतिनिधिले यस्तो प्रशंसनीय कार्य गर्न जुन भूमिका निर्वाह गर्नुभएको छ त्यो देखेर आश्राङ गिम्दिका स्थानीयहरुमा खुसियाली छाएको छ । उक्त प्रशंसनीय कार्य देखेर सांसद महर्जनलाई फोन मार्फत् बागमती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण बोम्जनलगायत थुप्रै स्थानियहरुले सांसद महर्जनलाई विशेष धन्यवाद ब्यक्त गरेका छन् ।
जनप्रतिनिधि हुनु भन्दा ३ महिना अगाडि मीनकृष्णले बागमती प्रदेश सरकारबाट आफ्नो निर्बाचन क्षेत्रमा ३५ करोड भन्दा बढी बजेट बिनियोजन गराएका थिए । त्यस कारण पनि सांसद महर्जन यस पटकको निर्बाचनमा लोकप्रिय मतका साथ बिजय भएका थिए । ललितपुर क्षेत्र नम्बर १ का जनताहरुले महर्जन माथी निकै आशा र भरोसा गरेका छन् । सांसद मीनकृष्ण महर्जन ललितपुर जिल्लामा निकै नै लोकप्रिय नेताको रुपमा परिचित परिचित छन् ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१२ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



