

कालिकोटको मय गाउँ सुक्खा पहिरोको जोखिममा
कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिरोको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिरोको जोखिममा परेको हो ।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिरोको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताए । “तल पहिरो वा सडक केही पनि छैन, पानी पनि परेको छैन, तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ”, उनले भने, “नयाँ बनेका घरकासमेत पर्खालमा दुई भागमा चिरा परेका छन् ।”मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए । “गाउँमा जमिन भासिँदै गएको र पहिरोको जोखिम बढ्दै गएको खबर पाएका छौँ”, उने भने, “त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ ।”गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण गाउँमा त्रास फैलिएको स्थानीय रामबहादुर विकले जानकारी दिए । “किन जमिन भासिँदै गएको छ, त्यसको कुनै पत्तो पाएका छैनौँ”, उनले भने, “अहिले पहिरो आउने हो कि भनेर त्रास बढेको छ ।” तत्काल पहिराको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । रासस
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



