गजल

यहाँ चोखो माया लगाउनेको तिरस्कार हुन्छ
सहनै पर्छ ती मुटुले अनेकौं चोट प्रहार हुन्छ

सिटामोल पाउदैन गरीब जनता बिमारी हुँदा
नेताहरू बिरामी हुँदा बिदेशमा उपचार हुन्छ

यहाँ छुट हुन्छन् जघन्य अपराध गर्नेहरुलाई
निर्दोषलाई दोषी ठहर्याइ कैद कारागार हुन्छ

योग्यता हुनु पर्दछ, ठूलो पद प्राप्तिको लागि
तर राजनीतिमा जेल बसेको नै आधार हुन्छ

मतलब हुदैनन् धनीका छोराछोरीहरु बिग्रेमा
गरीबका छोराछोरीहरुको पुरै समाचार हुन्छ
बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

Facebook Comments Box
TOP
Shares