

महानगरपालिकाको गाडी स्थानीयले लिए चारघण्टासम्म कब्जामा
काठमाडौं । काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका थिए ।
महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए विरोधमा उत्रिएका रवीन्द्र महतले भने, उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो । महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिएका थिए । आजको नागरिक दैनिकबाट
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…





