

पहाडी भु-भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने
आज (बिहिबार) पहाडी भू-भागका केही स्थान तथा तराईका एक-दुई ठाउँमा अपराह्न तिर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बझ राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि (शुक्रबार) आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना हुनेछ ।
शनिबार देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
2.9kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



