

म्याद गुज्रेका खाद्यवस्तु शुक्रबारे बजारमा छ्यापछ्याप्ती
माघ १२ । तेह्रथुम जिल्लाको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो ।
मंगलबार गरिएको अनुगमनमा तेत्तीस हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।
बजार क्षेत्रमा रहेका किसान, होटेल, मासु पसल तथा औषधी पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्न समेत सुझाइएको थियो ।
इजाजत भएकालाई समयमा नवीकरण गर्न र इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा नियन्त्रण कार्यालय र शुक्रवारे प्रहरीचौकीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



