
नयाँ बन्दै छ नयाँ बानेश्वर
व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ । दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो ।
माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुशीलबाबु ढकालले अध्ययन प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका अति व्यस्त चोकमध्ये एक नयाँ बानेश्वरको ट्राफिक व्यवस्थापन तथा सो क्षेत्रमा हुने सवारी जाम घटाउन निर्माण सुरु गरिएको जानकारी दिए । नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ ।
“निर्माण सुरु भइसकेको छ । त्यसै अन्तर्गत सो क्षेत्रमा माइतीघर–तीनकुने सडकखण्डको बिच (मेडियन) मा लगाइएका रुखबिरुवा उखेल्ने र तार पोल हटाउने काम भइरहेको छ,” उनले भने, “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब साठी लाख रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको छ । अब बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’’
महानिर्देशक ढकालका अनुसार अहिले सडक बिचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शङ्खमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन । त्यसै गरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम हुने छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२२ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



