पत्रकारहरुलाई साउन महिना भरी गतसालको पास लागु हुन्छ :गृहमन्त्री श्रेष्ठ

काठमाडौं साउन २ ।  देशमा शुसासन अनि राज्य संञ्चालन कसरी गर्नुपर्छ भन्ने महत्त्वपूर्ण कुरा हालका उपप्रधान एवं  गृहमन्त्री नारायण काजी श्रेष्ठका साथै  उनका प्रेस सल्लाहकार कमल गिरीबाट अरु मन्त्रालयका सञ्चालक तथा उनका पिछलग्गुहरुले बुझ्न जरुरी छ ।आज गृहमन्त्रीका साथै  उनका प्रेस सल्लाहकार कमल गिरीले निर्देशन दिंदै भनेका छन   ” पत्रकारहरु भनेको  राज्यको चौथो अंग हुन भन्दै  पत्रकारहरुको समस्या लाई मध्यनजर गर्दै  सूचना विभागबाट प्रदान गरिने परिचयपत्रका आधारमा पत्रकारहरूले सिंहदरबारमा प्रवेश पाउने गरेकोमा   आर्थिक वर्षको अन्त्यसँगै परिचयपत्रको समयावधि समाप्त भएका पत्रकार साथीहरूले साउन एक गतेदेखि सिंहदरबारमा प्रवेश पाउन नसकेको र परिचयपत्र नवीकरण गर्न केही समय लाग्ने समस्याबीच गृहमन्त्रीज्यूको सचिवालयका तर्फबाट मैंले सिंहदरबार सुरक्षा गणका प्रमुख (डिएसपी) सन्तोष तामाङसँग आवश्यक समन्वय गरेको छु। आजै गृहमन्त्रालयमा भएको हामीबीचको अनौपचारिक छलफलअनुसार पत्रकार साथीहरूले साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा प्रवेश पाउनुहुनेछ भने यसबीचमा सूचना विभागको आफ्नो परिचयपत्र नवीकरण गरिसक्नुपर्ने छ। सोही बमोजिम हुनेगरी डिएसपी तामाङले माताहतका सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिईसक्नुभएको छ।”

Facebook Comments Box
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि

2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…

TOP
Shares