
‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ ।
ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए । प्राकृतिकरुपमा रहेका सो क्षेत्रका ढुङ्गा तथा पहरालाई कुँदेर विभिन्न देवीदेवताका आकर्षक मूर्ति निर्माण गर्ने योजना छ । उद्यान निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ । उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड १३ लाख बजेट विनियोजन गरी काम अघि बढाएको मगरले बताए ।
“दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्यानको ६० प्रतिशतभन्दा बढी संरचना निर्माण गरिएको छ”, उनले भने ।
त्यसैगरी ढुङ्गा तथा पहरामा खोपेर मूर्ति बनाउन थालिएको छ । उद्यान निर्माण उपभोक्ता समितिमार्फत रु ७९ लाखको लागतमा काम अघि बढाइएको इन्जिनियर मगरले बताए । उद्यानको प्रवेशद्वारमा विभिन्न मूर्ति बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी उक्त उद्यानसम्म बाटो, प्रवेशद्वार, शौचालय, उद्यानलगायत संरचना निर्माण भइरहेका छन् । ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक उद्यान निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले तयार पारेको गुरुयोजनाअनुसार उक्त झरनालाई व्यवस्थित बनाउन रु दश करोड खर्च लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । रासस
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
३ घण्टा अगाडि
2.2kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





