

तामाङबारे आधारहीन तर्क दिने अधिवक्ताले सार्वजनिकरुपमै माफी माग्नुपर्छ : तामाङ समुदाय
काठमाडौं साउन ९ ।
तामाङ समुदायको अस्मितामाथि चोट पुग्ने गरी आधारहीन तर्क दिने अधिवक्ताले सार्वजनिक रुपमै माफी माग्नु पर्ने तामाङ समुदायले माग गरेको छ ।
काठमाडौंमा रहेको तामाङ संघ संस्थाहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन “सार्वजनिक संञ्चारमाध्यममबाट कुनै जाति समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलतरुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने भएकोले सम्बन्धित व्यक्तिले माफी माग्नुपर्ने छ ।” एक टेलिभजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डेले हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुने, त्यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गरेकी थिईन । उक्त भनाइको खण्डन गर्दै तामाङ समुदायको घेदुङ र बिभिन्न सस्थाहरुले विज्ञप्ति जारी गर्दै अधिवक्ता पाण्डेले अध्ययन अनुसन्धानबिना दिएको उक्त अभिव्यक्तिले तामाङ समुदायको भावना र अस्मितामा ठूलो चोट पुगेकोले गम्भीर आपत्ति एवं खेद व्यक्त गरेका छन । विज्ञप्ति मार्फत तामाङ समुदायले भनेका छन ‘कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यममबाट अभिव्यक्ति दिँदा उक्त समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने कुरा अधिवक्ता पाण्डेलाई ध्यानाकर्षण गराउन चाहन्छौं,’ ‘तसर्थ, ‘चिया गफ’ कार्यक्रममार्फत दिएको गलत अभिव्यक्ति तत्काल सच्याई उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई अनुरोध गर्दछौं । अन्यथा, कानुनी उपचारमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदछौं ।’
तामाङ समुदायको विषयमा गलत तथ्यसहितको अन्तर्वार्ता प्रसारण गर्ने संस्था टेलिभिजनलाई पनि तत्काल उक्त कार्यक्रमका भिडियोहरु सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतबाट हटाउन तथा अधिवक्ता पाण्डेले ‘चिया गफ’ कार्यक्रममा दिएको अभिव्यक्ति सच्याइएको सामग्री प्रसारण गर्नसमेत घेदुङले अनुरोध गरेको छ । तामाङ जाति प्राचीनकालदेखि नेपालमा बसोबास गर्दै आएको आदिवासीहरुमध्ये तेस्रो ठूलो जनसंख्या भएको जाति हो ।
टेक राज तामाङ
काठमाडौं ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
४ घण्टा अगाडि
2.3kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





