

बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण
भैरहवा, १३ साउन । नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ ।
लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो । काेरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल यूनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरि करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई शौचालयले थप सहजता दिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए । कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशिल बनाउने गरि नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ ।
लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनेछन् ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
७ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





